पाकिस्तानका एकैरातमा १२ विद्यालयमा आक्रमण | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८३, मंगलबार

पाकिस्तानका एकैरातमा १२ विद्यालयमा आक्रमण

pakistan school attack

एजेन्सी , १९ साउन । पाकिस्तानको उत्तरी गिल्गीत बालटिस्तान क्षेत्रमा रहेका १२ ओटा विद्यालयमा आक्रमण भएको छ ।अज्ञात आक्रमणकारीहरुले एकैरातमा ती विद्यालयहरुमा हिंसात्मक हमला गरेपछि स्थानीय बासिन्दा त्रसित भएका छन्।

तुलनात्मक रुपमा अन्य क्षेत्र भन्दा बढी शान्त मानिने बाल्टिस्तानमा अहिले अतिवादीहरुको गतिविधि बढेको अधिकारीहरूले बताए।उनीहरुले आक्रमणमा कुनै मानवीय क्षति भने नभएको जनाएका छन् । आक्रमणकारीहरुले विषेश गरेर छात्रा विद्यालयहरुलाई बढी लक्षित गरेको देखिएको छ।

गृह सचिव जवादले घटनाका बारेमा स्थानीय सरकारले अनुसन्धान सुरु गरिसकेको जानकारी दिए ।पाकिस्तानको गिल्गीत बालटिस्तान तुलनात्मक रुपमा अन्य ठाउँ भन्दा कम हिंसा प्रभावित ठाउँ मानिन्छ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

ताजा समाचार