कैलालीमा वन पैदावार चोरी तस्करीमा गिरावट | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २५ २०८१, आइतबार

कैलालीमा वन पैदावार चोरी तस्करीमा गिरावट

jilla ban karyalaya

श्रवण देउवा
कैलाली, १५ साउन । कैलालीमा पछिल्लो समय वनसँग सम्वन्धित मुद्दा दर्ता हुने क्रम घटेको छ । जिल्ला वन कार्यालय, वन संरक्षणमा सक्रिय भएसँगै वन पैदावार चोरी तस्करीमा समेत गिरावट आएको छ ।

कैलालीमा पछिल्लो समय वनसँग सम्न्धित मुद्दा दर्ता हुने क्रम घटेको हो । जिल्ला वन कार्यालयले वन पैदवारको संरक्षणमा सक्रिय भएसँगै मुद्दा दर्ता हुने क्रम घटेको छ । वन पैदावार चोरी तस्करीमा समेत कम भएको छ ।

जिल्ला वन कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७३-७४ मा जिल्ला वनमा वनपैदावार चोरी तस्करी सम्वन्धि १३ र वन अतिक्रमणका तीन गरि १६ वटा मुद्दा दर्ता भएकोमा गत आर्थिक वर्ष २०७४-७५ मा घटेर जम्मा ६ वटा मुद्दा मात्रै दर्ता भएका छन् । जसमा वन पैदावार चोरी तस्करी सम्वन्धि चार, वन अतिक्रमण सम्वन्धिका दुई मुद्दा दर्ता भएका छन् ।

गत वर्ष दर्ता भएका ६ वटा मुद्दा मध्ये चार वटा फैसला भइसकेका छन् । बाँकी दुई वटा चालु आर्थिक वर्षमा सरेका छन् । गत आर्थिक वर्ष दर्ता भएका नौं वटा दर्ता र अघिल्लो आर्थिक वर्षबाट सरिआएका गरि २८ वटा मुद्दा रहेका थिए । जसबाट १७ वटा मुद्दा फैसला भएका छन् । बाँकी रहेका ११ वटा मुद्दा चालु आर्थिक वर्षका लागि सरिएको छ ।

जिल्ला वन कार्यालयले गत वर्ष जरिवानामा १ लाख ५७ हजार ८ सय, मुद्दा फैसलाबाट १५ हजार १ सय २४ र जमानीमा ८ हजार ६ सय राजश्व संकलन गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);