काठमाडौं, १३ साउन । इण्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परी १० जनाको मृत्यु भएको छ ।
स्थानीय समयअनुसार विहान ७ बजे ६.४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्र चर्चित पर्यटकीय क्षेत्र लोमबोक रहेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
भूकम्पका कारण धेरै घरमा क्षति पुगेको छ भने थुप्रै मानिस घाइते भएको सरकारी अधिकारीहरुले बताएका छन् । उद्दार कार्य सुरु भएको छ र मृतकको संख्या बढ्ने सक्ने बताइएको छ ।