प्रधानमन्त्री ओलीको निर्देशन किन पालना भएन ? | ईमाउण्टेन समाचार

Our Network

माघ ६ २०८१, आइतबार

प्रधानमन्त्री ओलीको निर्देशन किन पालना भएन ?

kp oli pm

कविता कार्की
काठमाडौं, ९ साउन । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकाका सडकका खाल्डा खुल्डी तत्काल पुर्न र कालोपत्रे गर्न सम्बन्धित मन्त्री र कर्मचारीलाई बोलाएर निर्देशन दिएका थिए । तर, निर्देशनको पालना भने भएको देखिएन । यही लापर्बाहीका कारण दुःख भोग्नु परेको सर्वसाधारणको गुनासो छ ।

सरकारले जनताको दैनिक जीवनसँग जोडिएका आम सरोकारका विषयमा ध्यान नदिएको भन्दै चौतर्फी गुनासो बढे पछि ४ दिन भित्रमा सडकका खाल्डाखुल्डी पुर्न निर्देशन दिएको हो । तर एकहप्ता वितिसक्दा पनि उपत्यकाका सड्कको अवस्था भने उस्तै छ ।

सडकका खाल्डा खुल्डिको कारण यात्रामा असजिलो महसुस भएपछि सर्बत्र बिरोध भएको छ । सुशासन र जनताको पक्षमा काम गर्ने नारा लगाएको सरकारले ५ महिना वित्दा पनि जनताका समस्यामा ध्यान नदिएको भन्दै नगरबासीले सडकमै धान रोपेर सांकेतिक रुपमा सडकको खाल्डाखुल्डी आफै पुरि सरकारको ध्यानाकर्षण गराउने प्रयास गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);