वायु सेवा निगमको दोस्रो वाइड बढी विमान यही साउन ११ गते काठमाडौं आइपुग्ने | ईमाउण्टेन समाचार

Our Network

माघ १३ २०८१, आइतबार

वायु सेवा निगमको दोस्रो वाइड बढी विमान यही साउन ११ गते काठमाडौं आइपुग्ने

biman

काठमाडौं, ६ साउन । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको मकालु नाम राखिएको वाइड बढी विमान यही साउन ११ गते काठमाडौं आइपुग्ने भएको छ ।

अहिले फ्रान्समा परीक्षण उडानमा रहेको विमान साउन ११ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारी गरिएको निगमले जनाएको छ । नाइन एन एएलजेट कलसाइनको विमान नेपाल भित्र्याउने सम्पूर्ण तयारी पूरा भएको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए । दोस्रो वाइड बढी विमान भित्र्याउनका लागि निगमको एक समूह शुक्रबार फ्रान्स गइसकेको छ ।

निगमका महाप्रबन्धकसहितको टोली आज त्यसतर्फ जाने तयारीमा छ । वाइड बडी ए ३३०–२०० सिरिजको विमान फ्रान्सको तुलुज शहरबाट उडान भरी काठमाडौँ आउनेछ । निगमको पहिलो वाइड बढी अन्नपूर्ण विमान गत असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । सरकारको ग्यारेन्टीमा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिएको १२÷१२ अर्बको ऋणबाट दुई वटा विमान खरिद गरिएको निगमले जनाएको छ । विसं २०७४ वैशाख ७ गते सरकारबाट ग्यारेन्टी स्वीकृत भएपछि खरिदका लागि ऋण लिने प्रक्रिया अगाडि बढाइएको थियो ।

जेठ २८ गते नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता भएको थियो । निगमका अनुसार विमानको प्रतिथान मूल्य रु १० करोड ४८ लाख अमेरिकी डलर निर्धारण भएको छ । दुवै वाइड बढी विमानको सिट क्षमता समान छ । कूल २७४ सिट क्षमताको वाइड बडी विमानको १८ वटा विजनेस क्लास र २५६ सिट साधारण क्लासका छन् । निगमको पहिलो वाइड बढी विमानबाट आगामी साउन १८ गते कतारको दोहामा व्यावसायिक उडान शुरु गर्दैछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);