विदेशी कम्पनीले भुक्तानी रोक्दा रेमिट्यान्समा कमी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

विदेशी कम्पनीले भुक्तानी रोक्दा रेमिट्यान्समा कमी

money transfer

काठमाडौं, ४ साउन । विदेशी रेमिट्यान्स कम्पनीहरुले पैसा उठाएर नेपालमा नपठाउने गरेको पाइएको छ ।

पछिल्ला महिनामा नेपालमा रेमिट्यान्स आप्रवाहमा कमी आउनुको कारण विदेशी रेमिट कम्पनीको ठगी पनि एक प्रमुख समस्याको रुपमा देखा परेको छ । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी आएका कारण रेमिट्यान्स आप्रवाहमा कमी आएको भन्दै नेपाल राष्ट्र बैंक पनि पछिल्लो समयमा अनुसन्धानमा लागेको छ ।

तर, नेपाल पठाउन भनेर विदेशमा नेपालीको पैसा उठाउने तर, नेपाल नपठाउने गर्दा ठूलो रकम विदेशमा नै रोकिँदा पनि रेमिट्यान्स आप्रवाहमा कमी आएको हो । पछिल्ला दिनहरुमा केही मलेसियाली रेमिट कम्पनीले नेपाल पैसा पठाउने भनेर उठाउने तर, नपठाउने गरेपछि नेपाली कम्पनीहरुसँग विवाद बढ्दै गएर केन्द्रीय बैंकसम्म पुगेको छ । आजको कारोबारमा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);