काठमाडौं, ३० असार । १० औँ राष्ट्रिय गोजु रियो ओसिकाइ कराँते च्याम्पिएन प्रतियोगिता अन्तर्गत पुरुष एकल काँटातर्फको उपाधी विशांक रानामगरले उचालेका छन् ।
देशभरका ४९ स्थानबाट खेलाडीहरुलाई पछि पार्दै एकल काँटामा विशांक रानामगर पहिलो भएका हुन् । भने राज बस्नेत दोस्रो, सक्क्षम श्रेष्ठ तेस्रो र किरण तामाङ चौथो भएका छन् ।
महिला एकल काँटातर्फको उपाधी देविका मगरले जितेकी छन् । महिलातर्फ देवीका प्रथम भइन् भने साचुरी श्रेष्ठ दोस्रो, रिया कुमारी शाह तेस्रो र सुमि मगर चौथो भएका छन् ।
कुमुती २० केजी तौलर्तफ दिपेन्द्र रायमाझी प्रथम स्थान हात पारे भने नुसग मिया दोस्रो, अनुभव चौलागाई तेस्रो र मञ्जित रुपाखेती चौथो भए ।