रुकुम पश्चिम, २९ असार । रुकुम पश्चिमको सल्लेबाट मुसिकोटतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ना ५ ख ६५१० नम्बरको बस दुर्घटना हुँदा मुसिकोट नगरपालिका १ की २५ बर्षिया सपनामल्ल भण्डारीको मृत्यु भएको हो ।
दुर्घटनामा १६ जना घाईते भएका छन । घाइते मध्ये ८ जना गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पताल रुकुममा उपचार भइरहेको छ ।