साउनदेखि दुर्घटनाको जिम्मेवारी लिदैनौ : यातायात व्यवसायी | ईमाउण्टेन समाचार

Our Network

माघ १४ २०८१, सोमबार

साउनदेखि दुर्घटनाको जिम्मेवारी लिदैनौ : यातायात व्यवसायी

yatayat

रुपन्देही, २९ असार । प्रदेश नम्बर ५, ६ र ७ का यातायात व्यवसायीले आगामी साउन १ गतेदेखि कुनैपनि दुर्घटनाको जिम्मेबारी नलिने निर्णय गरेका छन् । ३ वटा प्रदेशका यातायात व्यवसायी समितिको दाङमा बसेको बैठकले साउन १ गतेदेखि कुनैपनि दुर्घटनाको जिम्मेबारी नलिने निर्णय गरेको हो ।

यातायात समिति खारेज गर्ने सरकारको निर्णयको विरुद्ध यातायात व्यवसायीले सो निर्णय गरेका हुन् । सरकारले बिना तयारी सिण्डीकेट खारेज गर्न खोजेको व्यवसायीको आरोप छ ।

सरकारले देशभरका सडकमा रुट परमिट खुला गरेपछि व्यवसायीले चरणबद्ध आन्दोलन गर्दै आएका छन् । सरकारले गत चैत्रमा यातायत समिति खारेज गर्ने निर्णय गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);