थाइल्यान्डको चियाङ रायस्थित गुफामा फसेका १२ किशोरको उद्दारमा कठिनाई | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८३, बुधवार

थाइल्यान्डको चियाङ रायस्थित गुफामा फसेका १२ किशोरको उद्दारमा कठिनाई

kishor haru

एजेन्सी, २० असार । थाइल्यान्डको चियाङ रायमा रहेको थाम लुवाङ गुफामा फसेका १२ किशोर र उनीहरूका फुटबल प्रशिक्षकको उद्धारमा कठिनाई भएपछि गुफाभित्रै खानेकुराको प्रवन्ध मिलाइएको छ ।

तत्काल उद्दार गर्दा जोखिम आउन सक्ने भन्दै अधिकारीहरुले पानीको वहाव कम भएपछि मात्रै उनीहरुको उद्दार गरिने बताएका छन् । उत्तरी थाइल्याण्डको बाढीग्रस्त क्षेत्रका लुवाङ गुफामा फसेका स्कूले विद्यार्थी र तिनका फुटबल प्रशिक्षकलाई १० दिनपछि शकुशल फेला पारिएको थियो । उनीहरुलाई बुधबार आवश्यक खानेकुरा र औषधि पठाइएको छ ।

चियाङ रायको गुफाभित्र उनीहरूलाई खाना र औषधि पुर्याउन एक डाक्टर र एक नर्ससहित सातजना गोताखोरहरू गुफाको भित्री भागमा उनीहरू फसेको ठाउँमा पुगेका थिए । उनीहरूलाई सुरक्षित रुपमा फिर्ता ल्याउन उद्धारकर्ताहरूले योजना बनाइरहेको थाइल्याण्ड प्रहरीले जनाएको छ । अधिकारीहरूले शून्य जोखिमको रणनीति बनाएका छन् ।

चियाङ रायका प्रमुख प्रशासकले नोरोङसाक ओसोथ्थानाकोले गुफाभित्र रहेका किशोरहरुको उद्दारमा हतार नगर्ने रणनीति लिइएको बताएका छन् । उनले पानीको सतह द्धटेर सामान्य अवस्थामा आएपछि गुफाबाट निकालिने, अहिले गुफाभित्रै वासस्थानको व्यवस्था मिलाइने बताए । उनीहरूलाई चिकित्सकको निगरानीमा पचाउन सजिलो हुने खानेकुरा, भिटामिन र खनिज दिइएको र निगरानी बढाइएको छ ।

गुफाभित्र फसेका धेरै किशोरहरूले पौडी खेल्न नजान्ने हुनाले उनीहरूको उद्धारमा कठिनाइ उत्पन्न भएको हो । किशोरहरूलाई आफन्तसँग कुराकानी गर्न सहज बनाउन गुफाभित्र टेलिफोन जडान गरिएको छ ।

ताजा समाचार