दार्चुला, १६ असार । भारतको धौलीगंगा जलविद्युत आयोजनाको छिरकिल्ला ड्याममा पानीको मात्रा बढेपछि पानीको स्तर घटाउन ड्यामका ढोकाहरु खोलिएको छ ।
ड्यामको पानीले महाकाली नदीको तटीय क्षेत्र हुती खलंगा, धाप, दत्तु, उकु र लालीका स्थानीयलाई क्षति गर्न सक्ने भन्दै भारतीय अधिकारीले नेपाल प्रहरीमार्फत तटीय क्षेत्रका बासिन्दा सचेत गराएका छन् ।
सम्भावित क्षतीबाट सुरक्षित रहन जिल्ला प्रहरी कार्यालय दार्चुलाले सदरमुकाम खलंगामा माईकिङ्क गरिरहेको छ भने सदरमुकाम बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।