विश्वकप फुटबलमा अर्जेन्टिनाको लज्जास्पद हार | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

विश्वकप फुटबलमा अर्जेन्टिनाको लज्जास्पद हार

काठमाडौं, ८ असार । विश्वकप फुटबलमा अर्जेन्टिनाले क्रोएसियासँग ३–० को लज्जास्पद हार व्यहोरेको छ ।

शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनालाई ३–० ले हराउँदै क्रोएसिया अन्तिम १६ मा प्रवेश गरेको छ भने लियोनल मेस्सीको कप्तानीमा रहेको टिम समूह चरणबाटै बाहिरिने खतरा बढेको छ । अर्जेनटाइन गोलकिपर बिली क्याबलेरोले अपेक्षा अनुसारको खेल प्रदर्शन गर्न नसक्दा क्रोएसिया हाबी बन्न पुग्यो । उनको गल्तीमा क्रोएसियाका एन्टे रेबिकले खेलको ५३ औं मिनेटमा पहिलो गोल गरे । दोसो हाफमा क्रोएसियाले केही डिफेन्सिभ खेल खेलेपनि पाएको मौकालाई सदुपयोग गर्यो । लुका मोडरिकले ८० औं मिनेटमा गोल गरे ।

इन्जुरी टाइममा इभान राकिटिकले गोल थप्दै ३–० को अग्रता बनाए । यो हारसँगै अब अर्जेन्टिनाको विश्वकपको यात्रा आफ्नो हातमा छैन । पहिलोे खेलमा आइसल्याण्डसँग १–१ को बराबरी खेलेको उसको १ अंक मात्र छ र समूह चरणको अन्तिम खेलमा नाइजेरियासँग खेल्नेछ । तर, यदि आजको खेलमा आइसल्याण्डले नाइजेरियालाई हरायो भने अन्तिम खेलमा क्रोएसियासँग बराबरी खेल्दा पनि आइसल्याण्ड नकआउट चरणमा पुग्ने छ ।

यस्तै बिहीबार राति भएको खेलमा पेरुलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको अन्तिम १६ मा पुगेको छ । समूह सी अन्तर्गत बिहीबार राति भएको खेलमा फ्रान्सले पेरुलाई १–० ले हरायो । लगातार दुई हारपछि पेरु भने समूह चरणबाट बाहिरिएको छ । फ्रान्सको जितमा १९ वर्षीय केलियन अम्बाप्पेले ३४ औं मिनेटमा गोल गरे । जारी विश्वकपमा उनी सबैभन्दा कान्छा खेलाडी हुन् । आज ब्राजिल र कोस्टारीका, नाइजेरिया र आइसल्याण्ड तथा सर्बिया र स्विटजरल्याण्डबीच खेल हुने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);