नेकपाको संसदीय दलको बैठक प्रधानमन्त्री निवासमा जारी | ईमाउण्टेन समाचार

Our Network

पुष २२ २०८१, सोमबार

नेकपाको संसदीय दलको बैठक प्रधानमन्त्री निवासमा जारी

nekapa

काठमाडौं, २ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । सांसदहरुले मन्त्रालयगत बजेट विनियोजनलाई लिएर संसद बैठकमै मन्त्रीहरुलाई जेल हाल्नु पर्नेसम्मका अभिव्यक्ति दिएपछि नेकपाले संसदीय दलको बैठक बोलाएको हो ।

बैठकमा सांसदहरुलाई विपक्षी दलको झल्को दिने गरी मन्त्रीको आलोचना नगर्न निर्देशन दिएको बताइएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीकै नेताले संसद् बैठकमा मन्त्रीको आलोचना गर्दा नराम्रो सन्देश गएको भन्दै सम्हालिएर बोल्न निर्देशन दिएको बैठकमा सहभागी सांसदहरुले बताएका छन् ।

मन्त्रीहरुले आफ्नो निर्वाचन क्षेत्रलाई मात्र प्राथमिकता दिएर योजना बनाएको भन्दै सांसदहरुले चर्को आलोचना गरेपछि नेकपाकै आग्रहमा सभामुख कृष्णबहादुर महराले प्रतिनिधि सभाको बैठक स्थगित गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);