आठ दिनको अवधिमा भारतमा ३४ कृषकले गरे आत्महत्या | ईमाउण्टेन समाचार

Our Network

माघ २३ २०८१, बुधवार

नयाँदिल्ली, १ भदौ । भारतको पश्चिमी महाराष्ट्र राज्यमा मात्रै गत आठ दिनको अवधिमा कम्तीमा ३४ जना कृषकहरूले आत्महत्या गरेका छन् ।

 

अल इन्डीया रेडियोले जनाए अनुसार राज्यका आठ जिल्लाका स्थानीय अधिकारीहरूले सङ्कलन गरेको विवरणमा यस्तो देखिएको हो । यही अगस्त छ देखि १३ सम्मको अवधिमा उनीहरूले आत्महत्या गरेको अधिकारीले संकलन गरेको तथ्यांकमा उल्लेख छ ।

 

बर्षाको समयमा पनि आवश्यक पानी नपरेपछि बालीको उब्जनी कम हुने भन्दै चिन्तामा रहेको उनीहरूको भनाइ छ । किसानले कृषि ऋण र क्षतिपूर्ति मागिरहेका थिए ।
सन् २०१७ को सुरुदेखि अहिलेसम्म महाराष्ट्र राज्यभर झण्डै ५८० भन्दा बढी किसानले आत्महत्या गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

 

गत हप्ता मात्रै भारतको आर्थिक राजधानी मुम्बईमा किसानले बृहत् प्रदर्शन गरेका थिए । उनीहरूले सरकारी जागिर र शैक्षिक संस्थामा कृषकका लागि छुट्टै कोटाको व्यवस्था गर्न पनि माग गरेका थिए । प्रदर्शनकारीले आफुहरूको ऋण मिनाह गर्ने सूचीमा राखिदिन पनि सरकारी पक्षसँग आग्रह गरेका छन् ।

 

महाराष्ट्र राज्यमा माराठा समुदायको एकतिहाई जनसङ्ख्या रहेको र उनीहरु अधिकांश कृषि पेशामा आवद्ध रहेका छन् । भारतमा पछिल्ला केही समय कृषिका लागि प्रतिकुल मौसम भएकाले कृषक पीडित भएका हुन् । कहिले सुख्खा हुने त कहिले अत्यधिक बर्षा भएर बाढीको असर पर्ने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);