एजेन्जी, २४ जेठ । संयुक्त राष्ट्र संघ महासभाको अध्यक्षमा इक्वेडरका विदेशमन्त्री मारिया फर्नाडा इस्पिनोसा निर्वाचित भएकी छन् । निर्वाचित भएसँगै मारियाले राष्ट्रसंघको महासभालाई निर्दिष्ट लक्ष्य प्राप्तीतर्फ केन्द्रित गर्ने प्रतिबद्धता जनाइन् ।
७३ बर्षीया मारिया ल्याटिन अमेरिका र क्यारेबियाबाट उक्त पदमा निर्वाचित हुने पहिलो महिला बनेकी छन् । मतदानमा मारियाले १ सय २८ मत र प्रतितद्वन्द्वी होन्डुुरसकी दूूत एलिजाबेथ फ्लोर्स फ्रलेकले ६२ मत प्राप्त गरिन् ।
महासभाको वर्तमान अध्यक्ष पदमा स्लोभाकियाका मिरोस्लाव लजकाक छन् । संयुक्त राष्ट्र संघको महासभामा १ सय ९३ राष्ट्रको प्रतिनिधित्व रहेको छ । विश्वमा शान्ति, स्थिरता र मानव कल्याणका लागि संयुुक्त राष्ट्रसंघले कार्य गर्दै आएतापनि उसँग आफ्नो बाईण्डिङ फोर्स नहुुँदा बिभिन्न राष्ट्रहरुवाट सैनिकहरु लिएर शान्ति सेना निर्माण गरी द्वन्द्वग्रस्त क्षेत्रमा पठाउने गर्दछ ।
विश्वमा शान्ति स्थापनार्थ संयुुक्त राष्ट्रसंघले महत्वपूर्ण भूमिका निर्वाह गरेता पनि उ माथि बेलाबखत पीडित राष्ट्रले अनेकन आरोप लगाउने गरेका छन् । १ सय ९३ सदस्य राष्ट्रमध्ये दुुईतिहाइ बहुुमतका लागि १ सय २९ सदस्य राष्ट्रहरुको समर्थनमा कुुनै प्रस्ताव स्वीकार गर्न सकिन्छ ।
तर, स्थायी सदस्यको अधिकार प्राप्त सदस्यहरु अमेरिका, रुस, चीन, बेलायतले भिटो अधिकार प्रयोग गरे जस्तोसुुकै प्रस्ताव अड्किन सक्छ । संयुुक्त राष्ट्रसंघले गर्ने खर्चमा सबैभन्दा बढी अमेरिकाले प्रदान गर्दै आएकाले सबैभन्दा बढी उसैको कुुरा सुुनुुवाइ हुुँदै आएको अमेरिकाले आरोप खेप्दै आएको छ ।
समस्यामा फसेका र द्वन्द्वसँगसँगै युुद्धको बिभिषिका झेल्दै आएका राष्ट्रहरुले संयुुक्त राष्ट्रसंघले दवाव र प्रभावमा परेर कार्य गर्दा चाहेजस्तो शान्तिको पक्षमा संयुुक्त राष्ट्रसंघले काम गर्न नसकेको गुुनासो पोखेका छन ।
यस अघि राष्ट्रहरुको साझा संगठन लिग अफ नेसनले राम्ररी काम गर्न नसकेपछि २४ अक्टोबर १९४५ मा संयुुक्त राष्ट्रसंघको जन्म भएको थियो ।