संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न सांसदहरुलाई सभामुख महराको आग्रह | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न सांसदहरुलाई सभामुख महराको आग्रह

krishana bdr

काठमाडौं, २३ जेठ । सभामुख कृष्णबहादुर महराले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न संघीय संसदका सांसदहरुलाई आग्रह गरेका छन् ।

संसदीय प्रक्रिया सम्बन्धी संघीय संसदका सदस्यहरुका लागि बुधबार संघीय संसद भवन नयाँवानेश्वरमा सञ्चालित जानकारीमुलक कार्यक्रममा सभामुख महराले सांसदहरुलाई सक्रिय, श्रृजनशील र प्रभावकारी भुमिका निर्वाह गर्न आग्रह गरेका हुन् । सरकारलाई आवश्यक पर्ने नीति, नियम, कानुन बनाउनुपर्ने भएकाले सांसदहरु अध्ययनशील हुनपर्नेमा उनको जोड छ । उनले संसद सञ्चालन नियमावलि बनिसकेपछि संसद अन्तरगतका समितिका साथै अन्य संसदीय प्रक्रिया पनि सञ्चालन हुने भएकाले सबै सांसदहरुको सक्रियता अत्यावश्यक हुने बताए ।

कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सांसदहरुले आ–आफ्नो क्षेत्रको योजना लिएर सिंहदरबार धाउनुपर्ने स्थितिको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराए । योजना पार्ने र बजेट निकासा गराउने काममा दौडधुप गर्नुपर्दा संघीय संसदको बैठकमा सांसदहरुको उपस्थिति प्रभावित भएको उनको भनाइ छ ।

उनँले संसदलाई आवश्यक बिजनेश दिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए । संविधानमा नै ३ बर्ष भित्र गरिसक्नुपर्ने भनेका विषय जसरी पनि निर्धारित अवधिमा सम्पन्न गर्नुपर्ने भएकाले आवश्यक विधेयकलाई ढिला नगरि संसदमा टेबल गर्नुपर्नेमा उनको जोड छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);