बझाङ्गी राजाका दमाई, पेट पाल्न घर दैलो चाहार्दै | ईमाउण्टेन समाचार

Our Network

पुष २६ २०८१, शुक्रबार

बझाङ्गी राजाका दमाई, पेट पाल्न घर दैलो चाहार्दै

bajhang damai

परिवारको पेट पाल्न, हात मुख जोड्न ,अन्न र नगद माग्दै दुई दिन लगाएर सदरमुकाम चैनपुर पुगेका अपाङ्ग हिक्मत दर्जी ।
तस्बीर : ललित सिंह

ललित सिंह
बझाङ्ग, २० जेठ । पुस्तो देखि बझाङ्गी राजाको काम गदै आएका दुई दर्जी ( दमाई )परिवार सुकुम्वासी छन । दर्जी परिवारलाई पेट पाल्न अहिले अरुको घर दैलो चाहनु पर्न समस्या आएको छ ।

छबिस पार्थिभेरा गाउँपालीका ४ मा रहेको जय पृथ्बी बहादुर सिहं बझाङ्गी राजाको कोटमा पुस्तो देखि दैनिक बिहान बेलुका नवती (वाजा) बजाउदै आएका हिक्मत बहादुर दर्जी र जय बहादुर दर्जी दुई दाजु भाईको परिवार घर जग्गा आफनो नहुदा सुकुम्वासीको भएका हुन । उनीहरु अहिले पेट पाल्न अरुको घर दैलो चाहार्न थालेका हुन ।

आफनो भन्नु एक मुठ्ठि जमीन छैन भएको घर पनि बझाङ्गि राजाका सन्तानको नामा दर्ता भएको छ । कोटमा राजाका सन्तान कोहि नबसे पनि हामीले दैनिक बिहान बेलुका राजाको बाँझो कोटमा नवति (वाजा) बजाउने गरेको हिक्मत र्दजिले बताए ।

उनले भने, ” राजाको चाकरी गर्न थालेको अब ७ पुस्ता हुन थाल्यो सेवा गरेकै छु । उपब्धी केहि भएको छैन । रोजगारी खोज्न भारत गएको समयमा आठ बर्ष अघि दिल्लीमा काम गर्दा बसको ठक्करले दाईने खुट्टा गुमाउनु परेको छ । अहिले केहि सिप नलागे पछि ११ जनाको परिवारको हातमुख जोडन अरुको घर दैईलोमा अन्न माग्दै हिडनु परेको छ । अरु नभए पनि बस्ने घर त आफनो नामा गरि देउ भनेर मालपोत,नापी कार्यालय धायौ राजाका सन्तान पुजा गर्न आएको समयमा अनुरोध पनि गरियो कसैले सुनि दिएको छैन । “

बझाङ्गि राजा जय पृथ्बी बहादुर सिहंका बाजे राजा मदन सिहंले ( हामी ढेक्रे बोहोरा का सन्तानहरुलाई ढोली(दमाई) बनायो । राजाले बाजेलाई काँसाको थालीमा रमाईलो गर्न बाजा बजाउन लगाए पछि अब देखि दलित भईस मेरो कोटमै बसेर सेवा गर खान बस्न सबै दिन्छु भने पनि बाध्यताले भए बस्नु परेको शुसिल र्दजिले बताए ।

उनले भने, “राजाले जात पनि खाए पशिना पनि खाए अहिले हामीले सुकुम्वासि हुन परेको छ । जेठो पट्टिका बाजेका सन्ता गैर दलित छन । सम्पती माथिको पहुच छ । हामी घर न घाटका छु । बाँच्नु मुर्न बाहेक केहि छैन । राज्यले दलितलाई दिने सेवा बाट समेत हामी बंञ्चित भएका छौ । दुई परिवारका २३ जनाको अबस्था दयनिय छ ।”

नत बस्ने घर छ नता कमाई खाने जमीन सबै थोक बझाङ्गि राजा नै थिए उनको राज्य संगै हाम्रो पनि सबै थोक खोसिएको छ जेन तेन ३५ बर्ग मिटिर जमीन खरिद गरि सदरमुकाम चैनपुरमा बस्तै आएको कलक दमाईले बताए ।

उनले भने कोटमा जेठो बाजेको सन्तानले बस्नु पर्छ । दैनिक नवति वाजा नबजाए कालभैरब रिसाउने र बंश नास हुने भन्ने भनाई छ अहिले करिब ४० परिवार कोट बाहिर छौ । छबिस पाथिभेरा गाउँपालीकाको मण्डीमुग्ला, मालुमेला,झुटेडा ,जयपृथ्बी नगरपालीकाको पिमी,नौरा,चैनपुरमा छरिएका सबैको अबस्था उस्तै हो । मेशिन चलाएर लुगाफाटो सिलाउदै गुजार चालाएका छु । बस्ने घर बाहेक केहि छैन सबै सुकुम्वासी नै हौ ।”

जिल्लाका दुई नगरपालीका र १० गाउँपालीकामा करिब एक परिवार सुकुम्वासि रहेको बिभिन्न तथाङ्गकले देखाए पनि उनीहरको लागी सरकारी पक्ष बाट कुनै पनि पहल भएको छैन ।

परिवारको पेट पाल्न हात मुख जोडन अन्न र नगद माग्दै दुई दिन लगाए सदरमुकाम चैनपुर पुगेका अपाङ्ग हिक्मक्त र्दजि तस्बीर ललित सिंह

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);