६ करोड धरौटी बुझाउन नसक्दा जेल चलान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

६ करोड धरौटी बुझाउन नसक्दा जेल चलान

rajaswo bhairawa

भैरहवा, २० जेठ । रुपन्देहीको सुनौली नाकाबाट अन्तशुल्कको नक्कली स्टीकरसहित पक्राउ परेका पाँच जनालाई जेल चलान गरिएको छ ।

आन्तरिक राजश्व कार्यालय भैरहवाले भारतीय नागरिक विनोदकुमार सिंह र समसुद्धिन मुसलमानलाई थुनामा राख्न आदेश दिएको छ । त्यस्तै नेपाली नागरिक मोहम्मद गद्दी मुसलमान, भवानीप्रसाद उप्रेती र कामेश्वर महत्तोले प्रतिव्यक्ति दुई करोड आठ लाख धरौटी बुझाउन नसक्दा उनीहरु पनि जेल चलान भएका छन् ।

उनीहरुले गत चैतमा भारतीय नम्बर प्लेटको गाडीमा राखेर मदिरामा प्रयोग हुने करिब चार लाख नक्कली स्टीकर नेपाल ल्याउँदै गर्दा राजश्व कार्यायले बरामद गरेको थियो । राजश्व कार्यालयले पछिल्लो सयम नक्कली स्टीकर र राजश्व छली गर्नेमाथी निगरानी बढाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);