अछाम, १९ जेठ । जिल्ला प्रशासन कार्यालय अछाममा सेवाग्राहीको चाप बढेको छ । कार्यालयमा सबैभन्दा बढी नागरिकता बनाउन आउनेको संख्या बढेको छ ।
आजभोली दैनिक ४५ देखि ५० जना नागरिकता र राहदानी बनाउन आउनेगरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचर्यले जानकारी दिनुभयो ।
त्यस्तै असिना पानीले बाली नष्ट गर्नुकासाथै घरको छानो उडाएर विस्तापित भएकाहरु पनि राहतका लागि जिल्ला प्रशासन कार्याल धाइरहेका छन् ।
असिना पानीले गर्दा जिल्लाको विभीन्न स्थानम खाद्यायान्न बाली, नगदेबाली, तरकारी खेतीमा क्षति पुगेको छ ।