काठमाडौं, १६ जेठ । सरकारले तीन महिना भित्र नारायणहिटी दरबार संग्राहलयमा राजमुकुट सार्वजनिक गर्ने घोषणा गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले राजसंस्थाको प्रतिकको रुपमा तत्कालीन राजाले लगाउने राजमुकुट नारायणहिटी दरबार संग्राहलयमा ३ महिना भित्र सार्वजनिक गर्ने बताएका हुन् । यसअघि पनि सरकारले राजमुकुटलाई सार्वजनिक गर्ने प्रतिवद्धता जनाउँदै आएको थियो ।
बुधबार नारायणहिटी दरबार संग्राहलयको अनुगमनमा पुगेका मन्त्री अधिकारीले संचारकर्मीसँग कुरा गर्दै संग्राहलयको उचित व्यवस्थापनका लागि गुरु योजना बनाउने प्रतिवद्धता पनि व्यक्त गरे । मन्त्री अधिकारीले नारायणहिटी दरबार संग्राहलयमा निर्माणाधिन गणतन्त्र स्मारकको काम पनि छिट्टै सम्पन्न हुने बताए । सरकारले यो संग्राहलयको उचित व्यवस्थापनका लागि छुट्टै समिति बनाउने तयारी गरेको छ ।