नारायणहिटी संग्रहालयको थप कक्ष उद्घाटन गर्ने अधिकारीको चाहना अपूरै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

नारायणहिटी संग्रहालयको थप कक्ष उद्घाटन गर्ने अधिकारीको चाहना अपूरै

rabindra-adhikari

काठमाडौं, १८ फागुन । हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको नारायणहिटी दरबारभित्रका थप कक्षको उद्घाटन गर्ने चाहना अपूरै रह्यो । केही दिनअघि नारायणहिटी दरबार संग्रहालयका पदाधिकारीलाई आफू छिट्टै थप कक्ष उद्घाटन गर्न आउने चाहना उनले व्यक्त गरेका थिए ।

संग्रहालयका प्रमुख अद्वैतप्रकाश श्रेष्ठका कानमा स्वर्गीय अधिकारीले “अद्वैतजी, के के सम्पदा र कक्ष देखाउन बाँकी छ ?” भनेर राखेको जिज्ञाशा अझै गुञ्जिरहेको छ । उनले केही दिनअघि भेट्दा मन्त्री अधिकारीले राखेको चाहनालाई स्मरण गरे, “अब केही उद्घाटन गर्न बाँकी छ मैले भनेर उनले सोध्दै थिए । मैले पुस्तकालय, केही हल सार्वजनिक गर्न बाँकी छ भने । उनले सिनेमा हल हो भनेर सोधे । मैले त्यो होइन, अरू र श्रीसदन हो मन्त्रीज्यू भनेको थिए । अनि उनले ‘ल, ल ठिक छ, म छिटै आउँला’ भनेका थिए ।”

स्वर्गीय अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी लिएपछि गत जेठ १६ गते पहिलोपटक नारायणहिटीमा प्रवेश गरेका थिए । उनले त्यस बखत दरबार अवलोकन गर्नुका साथै त्रिभुवन सदन र त्यहाँ भएको हत्याका बारेमा विशेष चासो राखेका थिए । अवलोकनका क्रममा अन्तिममा उनले हालसम्म सार्वजनिक नगरिएको तत्कालीन राजपरिवारको सिनेमा हल हेरेका थिए । उनले सो हलभित्र प्रवेश गरी पर्दा र प्रोजेक्टर राखिने स्थानलाई अवलोकन गर्दै सिनेमा हलका बारेमा जिज्ञाशा राखेका थिए ।

संग्रहालयका प्रमुख श्रेष्ठले सिनेमा हल ‘अन्डरग्राउन्ड’ भएकाले तत्काल सार्वजनिक गर्ने योजनामा नरहेको स्पष्ट पारे ।

यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);