काठमाडाैं, ११ जेठ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारले देखाएको सपना दिवा सपनामा परिणत हुने खतरा बढेको बताए ।
संयोजक भट्टराईले एमाले र माओवादी केन्द्रबीच ‘मर्ज’ भई बनेको नेपाल कम्युनिष्ट पार्टीले मुलुकको युगीन कार्यभार पूरा गर्न सक्ने संकेत नदेखिएको दावी गरे । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नवगठित नेपाल कम्युनिष्ट पार्टी भित्रको अन्तरविरोध समाधान गरेर जान पनि सहज नरहेको बताए ।
संयोजक भट्टराईले ५० वर्ष सत्तामा रहने सपना नदेख्न पनि नवगठित नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वलाई सचेत गराए । उनले २ पार्टीबीचको एकतालाई भने स्वभाविकै रुपमा लिनुपर्ने धारणा राखे ।
संयोजक भट्टराईले भारत र चीन दुई छिमेकीसँग सन्तुलित सम्बन्ध राखेर अघि बढ्न पनि सरकारको ध्यानाकर्षण गराए । उनले मुलुकलाई समृद्ध बनाउन तीव्र आर्थिक वृद्धि, न्यायपूर्ण वितरण, प्राकृतिक दीगोपना र मानवीय खुसीसहितको समृद्धि हासिल गर्ने दिशामा अघि बढनुपर्ने पार्टीको अडान पनि दोहो-याए ।