रचनात्मक भूमिका निर्वाह गर्न प्रतिपक्षीलाई भट्टराईकाे सुझाव | ईमाउण्टेन समाचार

Our Network

असोज २१ २०८१, सोमबार

रचनात्मक भूमिका निर्वाह गर्न प्रतिपक्षीलाई भट्टराईकाे सुझाव

Yogesh-Bhattarai

काठमाडौं, ११ जेठ । नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराईले रचनात्मक भूमिका निर्वाह गर्न प्रतिपक्षी दललाई सुझाव दिएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्दै उनले यस्ताे बताएका हुन् ।

लामो समय देखिको संघर्ष र बलिदानको जगमा निर्माण भएको संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख भावि समृद्ध नेपालको मार्गचित्र सरकारको नीति तथा कार्यक्रमले दिएको भन्दै उनले बासी र पुराना प्रश्न गरेर सरकारलाई अलमलमा नपार्न सुझाव दिए ।

उनले भने “आफ्नै मनको बाघले लखेटिएको वर्तमान प्रतिपक्षी आफै भय, त्रास अन्योल, अनिश्चय र दुविधाको सिकार बनेको जस्तो लाग्दछ । ऊ आफ्नै इतिहासको गह्रुँगो भारीले थिचिएको जस्तो लाग्छ । प्रतिपक्षीका माननिय ज्युहरुको अभिव्यक्ति बासी प्रश्नको पुलिन्दा जस्ता छन् । समयले र समाजले ताजा प्रश्न खोजेको छ । र, ताजा उत्तर पनि खोजेको छ । बासी र पुराना प्रश्नमा अलमल्याएर शक्तापक्षलाई अल्छी नबनाउन म प्रतिपक्षीका माननिय सदस्यहरुलाई अनुरोध गर्दछु ।”

वर्तमान सरकारले लोकतन्त्रलाई पद्धती मात्रै नभई संस्कृतिको रुपमा अवलम्बन गर्दै आएकोे स्पमरण गराउँदै २०४८ सालको संसदमा जस्तो वर्तमान समयमा प्रतिपक्षले उपेक्षा र निषेधको अनुभव गर्नु नपर्ने उनले बताए ।

तात्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीमाथि गरिएको अमानविय र संवेदनहीन व्यवहार वर्तमान संसदमा पुनरावृति हुन नदिने भन्दै उनले प्रतिपक्षीलाई पनि रचनात्मक भुमिका निर्वाहमा सक्रिय बन्न सुझाव दिए ।

उनले वर्तमान सरकारले नेपाली राष्ट्रवाद कुर्ची अनुसार बदलिँदैन, अवस्था र स्थिति अनुसार बदलिँदैन भन्ने मानक स्थापना गर्ने बताए । नीति तथा कार्यक्रमका बारेमा सपना धेरै भन्ने टिप्पणी भईरहेको तर्फ लक्षित गर्दै उनले सपना ज्युँदा मान्छेले देख्ने र ज्युँदा मान्छेको ज्युँदो सरकार भएकाले धेरै सपना देखेको स्पष्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);