बसन्तपुर र रानीपोखरीको पुन:निर्माण तीन वर्षभित्र : मन्त्री अधिकारी | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८१, बुधवार

बसन्तपुर र रानीपोखरीको पुन:निर्माण तीन वर्षभित्र : मन्त्री अधिकारी

rabindra

काठमाडौं, ३१ बैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारीले भूकम्पले क्षतिग्रस्त धरहरु, बसन्तपुर र रानीपोखरी तीन वर्षभित्र पुनर्निर्माण गरिने बताएका छन् । काठमाडौंको बसन्तपुरमा काष्ठमण्डप पुननिर्माण सम्बन्धमा आयोजित कार्यक्रममा उनले क्षतिग्रस्त सम्पदाहरुको पुननिर्माण तीन वर्षभित्र सम्पन्न गरिने बताए ।

 मन्त्री  अधिकारीले काठमाडौंको स्वभिमान र पहिचान बोकेको काष्ठमण्डप, धरहरा र रानीपोखरीको पुनर्निर्माणमा ढीलाई भएको भन्दै अब तिब्रताका साथ समय सीमा तोकेर काम गरिने बताए । उनले जनस्तरबाट समेत पुरातात्वीक साँस्कृतिक महत्वका संरचना पुननिर्माणमा चासो र सहयोगको अपेक्षा राखिएको बताए ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले काठमाडौंका क्षतिग्रस्त सम्पदाहरुको पुननिर्माण पुरानै शैलीमा हुने बताएका छन् । जनताको चाहना अनुसारको निमार्ण कार्यलाई अगाडि बढाइने उनको भनाई थियो ।

संस्कृतिविद् सत्यमोहन जोशीले संस्कृतिको संरक्षणको लागि पनि यस्ता भौतिक संरचनाको पुननिर्माण चाडो हुुनु जरुरी रहको बताए । उनले पुनर्निर्माणको काममा अब ढीलाई नगर्न पनि आग्रह गरे । कार्यक्रममा काष्ठमण्डप पुननिर्माणको लागि क्षमापूजासमेत गरीएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);