ओलीले भारतीय सेना नेपालमा किन आउन दिए ? : डा. सुरेन्द्र केसी (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

ओलीले भारतीय सेना नेपालमा किन आउन दिए ? : डा. सुरेन्द्र केसी (भिडियो सहित)

surendra kc

काठमाडौं, ३१ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण सकेर फर्कीसकेका छन् । उनको भ्रमण पश्चात विभिन्न चर्चाहरु चल्न थालेका छन् । मोदीको भ्रमण धार्मिक हो भन्ने एउटा पक्ष छ भने राजनीतिक भ्रमण हो भन्ने अर्को पक्ष पनि छ । मोदीले राजनीतिक दलका नेताहरुसँग वान टु वान बार्ता र कसै सँग सामुहिक वार्ता पनि गरेका थिए । यी भेटवार्ताहरुलाई विभिन्न खालको अड्कलबाजी गरिदै छ । र यसले फरक खालको परिणाम र प्रभाव पार्छ भन्ने विश्लेषण भईरहेको छ । साथै जनकपुरमा भएको अभिनन्दनको क्रममा मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्तिको पनि सर्बत्र आलोचना भईरहेको छ । भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको राजनीतिक प्रभाव के-के परिरहेको छ ? यी र यस्तै विषयमा आधारित माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले विश्लेषक डा. सुरेन्द्र केसीसँग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);