जनकपुरधाम, २८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर र आसपासको विकासका लागि १ सय करोड भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।
जनकपुरको बाह्रविघामा नागरिक अभिनन्दन ग्रहण गरेपछि समारोहलाई सम्बोधन गर्दै मोदीले केन्द्र सरकार र प्रदेश सरकारको समन्वयमा खर्च हुने गरी जनकपुर विकासका लागि १ सय करोड भारु सहयोग गर्ने घोषणा गरेका हुन् ।
मोदीले आफ्नो प्रधानमन्त्रीय कार्यकालमा तेस्रो पटक बुद्धभूमिमा पाइला टेक्न पाउँदा खुसी लागेको बताए । अभिनन्दनपछि मोदीलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले १ सय २१ किलोको माला लगाइदिएका थिए । अभिनन्दन समारोहमा हजारौँ मानिसहरु सहभागी भएका थिए ।