‘सिजेरियन सेक्सन’को निजी अस्पतालमा दुरुपयोग | ईमाउण्टेन समाचार

Our Network

पुष ८ २०८१, सोमबार

‘सिजेरियन सेक्सन’को निजी अस्पतालमा दुरुपयोग

delivery

अप्सरा लामिछाने
काठमाडौं, ११ बैशाख
। बच्चा जन्माउन अस्पतालमा जाने र सुरक्षित सुत्केरी गराउने संख्या बढ्नु सकारात्मक हो । तर, निजी अस्पतालमा जरुरी नदेखिएपनि अप्रेसन हुने गरेको डरलाग्दो तथ्याङ्क सार्वजनिक भएको छ ।

प्राकृतिक रुपमा बच्चा जन्माउन सक्नेहरुका लागि आवश्यक केयर तथा प्राकृतिकरुपमा बच्चा जन्माउन नसक्नेका लागि अप्रेसन समेत हुने हुँदा अस्पतालमा बच्चा जन्माउने संख्या बढेको छ । तर, प्राकृतिक रुपमा बच्चा जन्माउन नसक्ने अवस्थामा मात्र गरिने ‘सिजेरियन सेक्सन’ निजी अस्पतालमा डरलाग्दो रुपमा हुने गरेको तथ्यांकले देखाइएको छ । गर्भवती अवस्थामा असामान्य स्थितिमा रहेको बच्चा तथा आमालाई बचाउन अप्रेसन मार्फत बच्चा जन्माउन प्रयोग हुने ‘सिजेरियन सेक्सन’को निजी अस्पतालहरुले दुरुपयोग गरिरहेका पाइएको हो ।

यसरी सिजेरिङ सेक्सनको दुरुपयोग गर्नेहरुमा काठमाडौंका नाम चलेको अस्पताल अगाडि देखिएका छन् । काठमाडौंको बल्खुस्थित बयोदा अस्पतालले ९९ प्रतिशत ‘सिजेरिङ सेक्सन’बाट बच्चा जन्माउने गरेको छ भने ओम अस्पतालमा ८७ प्रतिशत, भ्यालि मातृत्व अस्पताल तथा नर्सिङ होमले ८५ प्रतिशत तथा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले ८३ प्रतिशत ‘सिजेरियन सेक्सन’ गराएका छन ।

काठमाडौँ अन्य निजी अस्पतालको तथ्यांकमा समेत ‘सिजेरिङ सेक्सन’ ५० प्रंतिशत भन्दा बढी देखिएको छ । सरकारी अस्पतालमा भने ‘सिजेरिङ सेक्सन’ एभरेजमा ३० प्रतिशत देखिएको छ । सिजेरिङ सेक्सनमार्फत निजी अस्पतालको व्यापार बढाउनमा सेवाग्राहीले समेत सहयोग गर्ने गरेका छन् । ज्योतिषसँग साइत हेरेर बच्चा जन्माउने, दुखाई सहन नसक्ने तथा आफ्नो शरीर फिट राख्नको लागि यो पद्धतिले प्रयोग हुने गरेको छ । यसले आमा र बच्चा दुबैलाई असर पर्ने चिकित्सकहरु बताउँछन् ।

विश्वस्वास्थ्य संगठन डब्ल्यूएच्ओले बढिमा पाँच प्रतिशत मात्र अप्रेसन मार्फत जन्माउनेपर्ने भन्दै बाँकीले प्राकृतिक रुपमा बच्चा जन्माउनुपर्ने मान्यता अघि सारेको छ । तर, नेपालको सहरी क्षेत्रको तथ्यांकले त्यसलाई उल्टाइदिएको छ । प्राकृतिक रूपमा बच्चा जन्माउनु स्वास्थ्यका लागि राम्रो भन्ने ज्ञान हुँदा पनि ज्योतिषलाई हेराएर राम्रो साइतमा बच्चा जन्माउने, प्राकृतिक डेलिभरीका लागि लामो समयसम्म पीडा सहन तयार नहुँदा आमा र बच्चाको स्वास्थ्यमा खतरा बढाइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);