काठमाडौं, ७ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँगको पार्टी एकताबाट पछि हट्न नसकिने बताएका छन् ।
दुई पार्टीबीचको एकतालाई लिएर अनेक आशंका बढिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष दाहालले एकताको प्रक्रिया धेरै अगाडि बढिसकेको भन्दै अब पछि हट्न नसकिने बताए । दाहालले शुक्रबार ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा पार्टीका निकट नेताहरुसँगको छलफलमा एकतालाई चाँडो टुंगोमा पुर्याउन एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग गम्भीर वार्ता गर्ने बताए ।
उनले एमाले नेताहरुको कार्यशैलीका कारण केही संशय पैदा भएको भन्दै आफू शंका हटाउन प्रयासरत रहेको बताए । दाहालले विहिबार ओलीसँग करिब दुई घण्टा लामो वार्ता गरेका थिए ।




