दीपक मनाङ्गे काठमाडौंको स्वयम्भुबाट पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

दीपक मनाङ्गे काठमाडौंको स्वयम्भुबाट पक्राउ

dipak manange pakrau

काठमाडौं, ७ बैशाख । फरार अभियुक्त राजिव गुरुङ्ग अर्थात दीपक मनाङ्गे पक्राउ परेका छन् । प्रदेश नम्बर ४ का प्रदेशभा सभा सदस्य समेत रहेका मनाङ्गेलाई महानगरीय प्रहरी परिसर काठमाडौंले स्वयम्भुबाट पक्राउ गरेको हो । सर्वोच्च अदालतले गत माघमा मनाङ्गेलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेको थियो ।

सर्वोच्चले फैसला सदर गरेलगत्तै मनाङ्गे फरार भएका थिए । प्रदेश नम्बर ४ का प्रदेशभा सभा सदस्यमा स्वतन्त्र उम्मेदवारका रुपमा विजयी मनाङ्गेले सांसदको सपथ लिएका छैनन् । ज्यान मार्ने उद्योगमा ५ वर्षको जेल सजाय सुनाइएका मनाङ्गे यसअघि दुई वर्ष मात्र जेल बसेका कारण अब उनले तीन वर्ष जेलमा बिताउनुपर्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);