क्यूबामा क्यास्ट्रो युगको अन्त्य | ईमाउण्टेन समाचार

Our Network

पुष २८ २०८१, आइतबार

क्यूबामा क्यास्ट्रो युगको अन्त्य

migueldiaz

एजेन्सी , ६ बैशाख । क्यूबामा क्यास्ट्रो युगको अन्त्य भएको छ । नयाँ नेताका रुपमा मिगेल डियाज कनेल चुनिएसँगै क्यूबामा क्यास्ट्रो युगको अन्त्य भएको हो ।

संसदमा नयाँ नेताका लागि भएको निर्वाचनमा ५७ बर्षिय कनेल निर्वाचित भएका हुन् । कम्युनिस्ट पार्टीको बोलवाला रहेको क्यूबामा संसदबाट नेता छनोट गर्ने र राष्ट्रियसभाबाट राष्ट्रपति चुन्ने प्रचलन छ । राष्ट्रियसभाले निर्वाचनको प्रक्रिया पूरा गरेपछि कनेल राष्ट्रपतिमा चुनिने छन् ।

कनेल राष्ट्रपति राहुल क्यास्ट्रोका दाहिने हात मानिन्छन् । वंश परम्पराको अन्त्य गराएका राहुल क्यास्ट्रो पार्टीको प्रभावशाली नेताका रुपमा रहने अनुमान गरिएको छ । राहुल सन् २००६ मा दाजु फिडेल क्यास्ट्रो अस्वस्थ भएपछि राष्ट्रपति भएका थिए ।

फिडेलको ९० वर्षको उमेरमा दुई वर्षअघि निधन भएको थियो । सन् २०१३ मा उपराष्ट्रपति बन्नुअघिसम्म खासै चर्चामा नरहेका कनेलको ख्याति उपराष्ट्रपति बनेसँगै चुलिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);