सिरिया हमला: तीनजना सर्वसाधारण घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८२, शनिबार

सिरिया हमला: तीनजना सर्वसाधारण घाइते

syria

एजेन्सी , १ बैशाख । सिरियाको सरकारी सञ्चारमाध्यम सानाले शनिबार होम्स प्रान्तस्थित सैन्य अखडामा प्रहार भएको क्षेप्यास्त्रलाई विफल पारिएको र अन्यत्रै पठाइदिएको जनाएको छ । यद्यपि तीनजना सर्वसाधारण भने घाइते भएको उक्त सञ्चारमाध्यमले जनाएको छ।

यसअघि अमेरिकी सेनाले आफूहरूले होम्स सहरको पश्चिममा रहेको रासायनिक अस्त्र भण्डारणलाई निसाना बनाएको बताएको छ। सरकारी टेलिभिजनले हमलाले उत्तरी दमास्कसको बर्जेहस्थित साइन्टिफिक स्टडिज एण्ड रिसर्च सेन्टर (एसएसआरसी) को शाखामा भौतिक क्षति मात्रै पुर्याएको जनाएको छ।

खबरका अनुसार तालिम केन्द्र रहेको भवन र प्रयोगशालाहरूमा क्षति पुगेको छ। एउटा पश्चिमा गुप्तचर संस्थाले बीबीसीलाई गत वर्ष उक्त एसएसआरसी केन्द्र लडाईँमा प्रयोग हुने रासायनिक अस्त्रहरू बनाउन प्रयोग भइरहेको बताएको थियो।

उक्त आरोपलाई सिरिया सरकारले भने पटकपटक अस्वीकार गर्दै आएको छ।