नेपाली कागजको माग बजारमा उच्च | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

नेपाली कागजको माग बजारमा उच्च

nepali kagag

सुशील भण्डारी,
अछाम, ३० चैत । नेपाली कागजको माग बजारमा उच्च छ । सरकारी कामकाजमा नेपाली कागजको प्रयोग हुने भएकाले बजारमा उच्च माग भएको हो । तर आधुनिक प्रविधि र दक्ष जनशक्तिको अभावले नेपाली कागजको उद्योग फस्टाउन सकेको छैन् । उद्योगीले आधुनिक मेसिन र कच्चा पदार्थ उपलब्ध गराउन माग गरेका छन् ।

सरकारी कामकाजमा नेपाली कागजको प्रयोग हुने भएकाले बजारमा उच्च माग छ । तर कागज बनाउनका लागि कच्चा पदार्थको अभाबका कारण उद्योग फस्टाउन सकेको छैन । आधुनिक मेसिन र दक्ष जनशक्तिको अभाले हाते उद्योगबाट नेपाली कागज उत्पादन गर्ने गरिएको छ । अछामको रामारोशन गाँउपालिका ५ रामारोशनका कालीबहादुर बुढाले हाते उद्योग संचानलन गरेको १० बर्ष भयो । कच्चा पदार्थको अभावले कागज नेपाली कागज उत्पादनमा कठिन भएको उनको भनाई छ ।

अछाममा अत्पादन गरिएको कागज काठमाडौं,बझाङ ,बाजुरा ,डोटी लगायतका जिल्लामा निर्यात गर्ने गरिको छ । नेपाली कागज उत्पादनलाई सहज बनाउन कच्चा पदार्थ उत्पादन गर्ने मेसिन उपलब्ध गराउने घरेलु उद्योगले तयारी गरेको छ ।
नेपाली कागज उत्पादलन गर्ने उद्योगमा धेरैले रोजगार समेत पाएका छन् । हाते प्रविधिबाट कागज उत्पादन गर्दा मजदुरहरुलाई काम गर्न कठिन भएको छ । उनीहरुले आधुनिक मेसिन र कच्चा पदार्थको उपलब्ध गराउन माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);