इयू नेपाली कागजमा लगानी गर्न इच्छुक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

इयू नेपाली कागजमा लगानी गर्न इच्छुक

European Union

काठमाडौं, २३ असोज । यूरोपियन युनियन (इयू) नेपाली कागजमा लगानी गर्न इच्छुक देखिएको छ । नेपालका लागि ईयूका राजदुत भेरोनिका कोडीले नेपाली कागजको माग युरोपियन मुलुकमा रहेकोे उल्लेख गर्दै त्यसमा लगानी गर्ने चाहना व्यक्त गरेका हुन् ।

मंगलबार नेपाल चेम्बर अफ कमर्सले काठमाडौंमा आयोजना गरेको ‘इयू र नेपालको आर्थिक सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालको पर्यटन क्षेत्रको विकासमा पनि इयू अन्तरगतका सदस्य राष्ट्रहरु लगानी गर्न प्रतिवद्ध रहेको उनले बताए ।

कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालको हस्तकलासँग सम्बन्धित उत्पादन वृद्धिका लागि लगानी बढाउन इयूलाई आग्रह गरे ।

इयू अन्तरगतको फ्रान्स, बेलायत र जर्मन लगायतका मुलुकहरुले नेपाली कागज, पश्मिना लगायतका ठूलो परिमाणमा हस्त निर्मित सामानहरु निर्यात गर्दै आएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);