सहज रुपमा सुपथ मुल्यका बस्तु उपलब्ध गराउन निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

सहज रुपमा सुपथ मुल्यका बस्तु उपलब्ध गराउन निर्देशन

pasal

काठमाडौं, २३ असोज । प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिले दसैंमा सुपथ मूल्यका बस्तु आम उपभोक्तालाई सहज रुपमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले दसैं, तिहारजस्ता चाडपर्वको मुखैमा सुपथ मूल्यका बस्तु सहज रुपमा आमउपभोक्तालाई उपलब्ध गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।

सुपथ मूल्य पसलको दायरा बढाएर उपभोक्तालाई सहज रुपमा बस्तु र सेवा उपलब्ध गराउन सरकारलाई निर्देशन दिइएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए ।

समितिले दसैं, तिहारजस्ता चाडपर्वका बेला उपभोक्तालाई मारमा पार्ने गरी मूल्य वृद्धि हुने गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न आवश्यक कानुनी व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ ।

बैठकमा समितिका सदस्यहरुले सरकारलाई गलत बाटोमा जान नदिन चनाखो हुनुपर्ने आवश्यक्ता औंल्याए । समितिका सदस्य घनश्याम भुसालले सरकारले गर्न नहुने काम गर्छ कि भन्ने विषयमा समिति चनाखो बन्नुपर्ने आवश्यक्ता औंल्याए ।

समितिका अर्का सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारको सम्पूर्ण खर्चको छुट्टै लेखा राख्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए । उनले सरकारी सम्पत्तिको अभिलेख राख्ने व्यवस्था गर्न पनि सरकारलाई समितिले सचेत गराउनुपर्ने प्रस्ताव समितिको बैठकमा राखेका छन् ।

समितिले सरकारको सम्पत्तिको समेत अभिलेख राख्नेलगायतका विषयमा बैठकमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोगलगायतका सरकारी निकायका प्रतिनिधिसँग पनि छलफल गरेको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);