नेपाल र भारत प्रबुद्ध समूह (ईपीजी) को आठौं बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

माघ ६ २०८१, आइतबार

नेपाल र भारत प्रबुद्ध समूह (ईपीजी) को आठौं बैठक सुरु

epg baithak

काठमाडौं, २९ चैत । नेपाल र भारत प्रबुद्ध समूह (ईपीजी) को आठौं बैठक सुरु भएको छ । ईपीजीको आठौं बैठक भारतको राजधानी नयाँ दिल्लीमा आज सुरु भएको हो । बैठक दुवै देशका सरकारलाई बुझाउने प्रतिवेदनलाई अन्तिम रुप दिनेबारे केन्द्रीत छ । यसअघि नेपालमा बसेको सातौं बैठकमा पनि प्रतिवेदनलाई अन्तिम रुप दिनेबारे छलफल भएको थियो ।

बैठकमा नेपाल र भारतका प्रबुद्ध समूहले दुई देशको सम्बन्धलाई समयानुकुल सुदृढ र प्रभावकारी बनाउन आवश्यक बुँदासहितको प्रतिवेदनको खेस्रा आदानप्रदान गरेका थिए । आठौं बैठक खेस्रामाथि थप छलफल गर्न केन्द्रीत छ । प्रबुद्ध समूहले आगामी जुलाई २० सम्ममा आ–आफ्ना सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेका छन् । खासगरी सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकनका लागि सुझाव दिने दुवै देशका प्रबुद्ध समूहको तयारी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको हालै भएको भारत भ्रमण लगत्तै सुरु भएको ईपीजीको बैठकलाई चासोपूर्वक हेरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);