खानेपानी तथा जलवायु परिवर्तन सम्बन्धी सम्मेलन काठमाडौंमा सुरु | ईमाउण्टेन समाचार

Our Network

माघ २२ २०८१, मंगलबार

खानेपानी तथा जलवायु परिवर्तन सम्बन्धी सम्मेलन काठमाडौंमा सुरु

press meet

काठमाडौं, २७ चैत । खानेपानी, वातावरण र जलवायु परिवर्तनसम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ । तीन दिनसम्म चल्ने सम्मेलनको मंगलबार एक कार्यक्रमकाबीच उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरे ।

सम्मेलनको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले जलवायु परिवर्तनबाट हुने असरलाई न्यूनिकरण गर्न सम्मेलन सफल हुने विश्वास व्यक्त गरे ।

सोसाईटी अफ पब्लिक हेल्थ इन्जिनियर्स नेपाल (सोफेन) को संयोजनमा आयोजना गरिएको सम्मेलनमा २० राष्ट्रका करिव ५ सय विज्ञहरु सहभागी छन । विभिन्न १५ विषयका १ सय १६ वटा कार्यपत्र प्रस्तुत हुने सम्मेलनमा खानेपानी तथा सरसफाई कार्यालयका इन्जिनियरहरु अनिवार्य सहभागी हुने व्यवस्था मिलाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);