अन्तराष्ट्रिय नविकरणिय उर्जा तथा प्रवृद्धि विकास सम्मेलन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८२, मंगलबार

अन्तराष्ट्रिय नविकरणिय उर्जा तथा प्रवृद्धि विकास सम्मेलन

काठमाडौंमा पाचौँ अन्तराष्ट्रिय नविकरणिय उर्जा तथा प्रवृद्धि विकास सम्मेलन हुने भएको छ । उर्जाका सम्भाव्य स्रोत र त्यसको व्यवस्थापन तथा उर्जा उत्पादनका बैकल्पिक माध्यमलाई कसरी विकास गर्ने भन्ने मुल उद्देश्यका साथ सो सम्मेलन गर्न लागिएको हो ।

urja samallen

काठमान्डौं, १४ चैत । काठमाडौंमा पाचौँ अन्तराष्ट्रिय नविकरणिय उर्जा तथा प्रवृद्धि विकास सम्मेलन हुने भएको छ । उर्जाका सम्भाव्य स्रोत र त्यसको व्यवस्थापन तथा उर्जा उत्पादनका बैकल्पिक माध्यमलाई कसरी विकास गर्ने भन्ने मुल उद्देश्यका साथ सो सम्मेलन गर्न लागिएको हो ।

मंगलबार प्रि प्रेस मिट गरेर आयोजकले आउँदो आर्थिक बर्ष २०७५ लाई उर्जा बर्षको रुपमा मनाउँने समेत जानकारी दिइयो । बढ्दो इन्धन खपतलाई लक्षित गर्दै सम्मेलन गर्न लागिएको हो । काठमान्डौँ युनिभर्सिटिज, स्कुल अफ इन्जिनियरिङ लगायत का स्वेदेशी तथा विदेशी संस्थाहरुको आयोजनमा हुनलागेको सो सम्मेलनमा भारत चिन बेलायत लगायतका २५ देशका करिब १ सय जना र नेपाली २ सय जना विज्ञ तथा विधार्थी सहभागि हुने आयोजकले जनाएको छ । यस अघि ४ पटक सम्म बंगलादेशमा सम्पन्न उक्त सम्मेलन नेपालमा भने पहिलो पटक गर्न लागिएको हो ।
नेपालमा पनि उच्चस्तरको प्रविधिको प्रयोगबाट उर्जा उत्पादनको विकास कसरी गर्ने र त्यस्का उपायहरुको बारेमा कार्यक्रममा छलफल गरिने छ । सम्मेलन ३ दिन सम्म चल्ने छ ।