चामल खरिदमा १७ अर्ब बाहिरियोः किन बढ्दैछ चामल आयात ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

चामल खरिदमा १७ अर्ब बाहिरियोः किन बढ्दैछ चामल आयात ?

rice

काठमाडौं,१४ चैत । कृषिप्रधान मुलुक भनिने नेपालले पछिल्लो ७ महिनामा १७ अर्ब रुपैया बराबरको चामल आयत गरेको छ । स्थानीय उत्पादनले माग धान्न नसक्नु तथा खानेबानी परिवर्तन नहुँदा बर्सेनि चामल आयातको ग्राफ बढ्दै गएको हो । यद्यपी, मुलुकबाट धान निर्यात भएर पुनः चामलको रुपमा नेपाल भित्रिने गरेको जानकारहरु बताउँछन् ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङकअनुसार चालू आर्थिक वर्षको ७ महिनामा १७ अर्ब २३ करोड ८५ लाख ३६ हजार रुपैया बराबरको चामल आयात भएको हो । अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले चामल आयात बढेको छ । गत वर्षको सोही अवधिमा १४ अर्ब ३५ करोड ३७ लाख ९३ हजार रुपैयाँको चामल आयात भएको थियो ।

केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले स्वदेशमै उत्पादनको सम्भावना भएको वस्तुको पर्याप्त उत्पादन नुहँदा आयात गर्नुपरेको बताए। छिमेकी मुलुक भारतबाट सबैभन्दा धेरै चामल आयात हुने गर्छ । चीन, थाइल्या०ड र बंगलादेशबाट पनि थोरै परिमाणमा चामल आयात हुने तथ्यांकले देखाएको छ ।

खानेपानमा आएको परिवर्तनका कारणले गर्दा पनि चामल आयात बढ्दै गएको कृषिविज्ञहरुको भनाइ छ । समाचार आजको कारोबारको पहिलो पृष्ठमा छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);