शाखा अधिकृत इन्दिरा गौतम घुस लिएको आरोपमा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

शाखा अधिकृत इन्दिरा गौतम घुस लिएको आरोपमा पक्राउ

काठमाडौं, ८ चैत । काठमाडौँको त्रिपुरेश्वरस्थित घरेलु तथा साना उद्योग कार्यालयमा कार्यरत शाखा अधिकृत इन्दिरा गौतम घुस लिएको आरोपमा पक्राउ परेकी छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ‘काठमाडौंं हिडन ट्रेजर’ संस्था दर्ताको क्रममा ९ हजार रुपैयाँ घुस लिँदै गर्दा गौतमलाई पक्राउ गरेको हो । अख्तियारले उनलाई हिजो नै पक्राउ गरेपनि त्यसबारे आज सार्वजनिक गरिएको हो ।

अख्तियारका प्रवक्ता दीर्घराज मैनालीद्वारा जारी विज्ञप्तिअनुसार गौतममाथि थप अनुसन्धान भैरहेको छ । अंग्रेजीमा रहेको संस्थाको नाम नेपालीमा बनाइदिने भन्दै शाखा अधिकृत गौतमले सेवाग्राहीबाट घुस लिएको अख्तियारको दाबी छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);