विज्ञताको सही प्रयोग हुन नसक्दा वातावरण प्रदुषण : मन्त्री पण्डित | ईमाउण्टेन समाचार

Our Network

माघ ६ २०८१, आइतबार

विज्ञताको सही प्रयोग हुन नसक्दा वातावरण प्रदुषण : मन्त्री पण्डित

काठमाडौं, ३ चैत । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विज्ञताको सही प्रयोग हुन नसकेका कारण वातावरण प्रदुषण लगायतका समस्या निम्तिएको बताएका छन् ।

नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताहको शनिबार राजधानीमा उद्घाटन गर्दै मन्त्री पण्डितले विज्ञले आफ्नो विज्ञताको सही ढंगले प्रयोग नगरेकाले समस्या श्रृजना भएको बताए ।

राजधानीको अव्यवस्थित शहरी विस्तारका कारण निम्तिएको नदी नाला प्रदुषणको असर मकवानपुर सम्म पनि देखिने गरेको भन्दै उनले इन्जिनियरहरुलाई ठिक तरीकारले आफ्नो विज्ञता प्रयोग गर्न सुझाव दिए । उनले शहरी विकासको डिजाईन परिर्वतन गर्न पनि आग्रह गरे ।

जलस्रोतको धनी मुलुक नेपालका कयाैँ भुभाग पछिल्लो समय सिंचाई अभावमा मरुभूमिमा परिणत हुने क्रम बढ्दै गएको भन्दै उनँले चिन्ता व्यक्त गरे ।

हिमालमा हिउँ नपर्ने समस्याबाट हिमाली क्षेत्रको आकार सांघुरो बन्दै गएको उल्लेख गर्दै उनले लगानीको प्रतिफल आउने गरि जनचेतना अभिवृद्धिका काम गर्न आयोजकलाई सुझाव दिए । उनले भने “विज्ञताको प्रयोग भएको छैन वा ठिक तरिकाले भएको छैन, ठिक तरीकाले हुनुपर्यो । लगानी प्रतिफल आउने गरि हुनुपर्यो । ”

जलस्रोतको धनी मुलुक नेपालका कयाैँ भुभाग पछिल्लो समय सिंचाई अभावमा मरभूमिमा परिणत हुने क्रम बढ्दै गएको भन्दै उनले चिन्ता व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);