सी जिनपिङ दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा नियुक्त | ईमाउण्टेन समाचार

Our Network

साउन १७ २०८३, सोमबार

सी जिनपिङ दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा नियुक्त

President of China

एजेन्सी, ३ चैत । चिनियाँ संसद्ले राष्ट्रपति सी जिनपिङलाई दोस्रो पाँच वर्षे कार्यकालका लागि अनुमोदन गरेको छ । संसद्ले राष्ट्रपति जिनपिङलाई दोस्रो पाँच वर्षे कार्यकालका लागि सर्वसम्मतिले अनुमोदन गरेको छ ।

चिनीयाँ कम्युनिष्ट पार्टीको १९ औं महाधिवेशनले केही महिना पहिले जिनपिङलाई दोस्रो कार्यकालका लागि राष्ट्रपति बनाउने निर्णय गरेको थियो । जिनपिङलाई दोस्रो कार्यकालका लागि अनुमोदन गरेको संसद्ले केहीदिन पहिले दुई कार्यकाल मात्र राष्ट्रपति हुन पाउने प्रावधान हटाएको थियो । संसद्ले जिनपिङका निकटवर्ती मानिने वाङ चिसानलाई उपराष्ट्रपतिमा नियुक्त गरेको छ ।

चीनले सन् १९९० को दशकमा राष्ट्रपति पदमा बहाल रहने समयसीमा दुई कार्यकालका लागि तय गरेको थियो। राष्ट्रपति सीले आफ्ना सम्भावित उत्ताराधिकारी प्रस्तुत गर्ने प्रचलन गत अक्टोबरमा बसेको कम्युनिष्ट पार्टीको महाधिवेशनमा तोडिदिएका थिए।