फोरम र राजपा छिट्टै सरकारमा सहभागी हुने गुरुङको दाबी | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८३, शुक्रबार

फोरम र राजपा छिट्टै सरकारमा सहभागी हुने गुरुङको दाबी

काठमाडौं, २५ फागुन । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले केही दिनभित्रमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी सरकारमा सहभागी हुने दाबी गरेका छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री केपी शर्मा ओलीले चरणबद्ध रुपमा मधेस केन्द्रित दलका नेताहरुसँग छलफल गरिरहेको गुरुङले बताए ।

माउन्टेन समाचारका लागि कुरा गर्दै गुरुङले फोरम र राजपालाई मन्त्रालय दिएर बाँकी रहेका मन्त्रालयमा एमाले र माओवादीले मन्त्री पठाउने बताए ।

उनले मन्त्रिपरिषद विस्तारमा ढिलाई गर्दा धेरै महत्वपूर्ण कामहरु प्रभावित हुने भन्दै मधेस केन्द्रित दललाई छिट्टै सरकारमा सहभागी हुन आग्रह पनि गरेका छन् ।

ताजा समाचार