सरकारलाई 'हनिमुन' मनाउन नदिने देउवाको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

माघ २२ २०८१, मंगलबार

सरकारलाई ‘हनिमुन’ मनाउन नदिने देउवाको चेतावनी

काठमाडौं, २१ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।

पार्टी संसदीय दलको नेता चयन भएलगत्तै सभापति देउवाले केपी ओली नेतृत्वको सरकारले अघिल्लो सरकारले गरेका निर्णयमाथि हस्तक्षेप गरेकाले सरकारलाई हनिमुन पिरियड मनाउन पनि नदिने गरी संसदमा कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।

सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा संचारकर्मीमाझ कुराकानी गर्दै उनले सरकारको कार्यशैली हेर्दा हनिमुन पिरियड मनाउन दिने अवस्था समेत नरहेको बताउ । सरकारको सय दिने कामलाई हेरेर विरोध वा समर्थन गर्ने ठाउँ समेत ओली सरकारले नदिएको उनको आरोप छ ।

सभापति देउवाले आफ्नो पार्टी बहुदलीय संसदीय परिपाटी अनुसार अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । सभापति देउवा सोमबार नै पार्टी संसदीय दलको नेतामा भारी मतका साथ विजयी भएका छन् । ६३ सदस्यीय संसदीय दलमा सभापति देउवाले ४४ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी प्रकाशमान सिंहले १९ मत प्राप्त गर्न सफल भए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);