इङ्लिस प्रिमियर लिगमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले चेल्सीलाई १–० गोल अन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

पुष २५ २०८१, बिहीबार

एजेन्सी, २१ फागुन । इङ्लिस प्रिमियर लिगमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले चेल्सीलाई १–० गोल अन्तरले पराजित गरेको छ । म्यानचेस्टर सिटीले घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा चेल्सीमाथिको जितसँगै दोस्रो स्थानको लिभरपुलसँगको अंक दूरी बढाएर १८ अंक पुर्याएको छ ।

म्यानचेस्टर सिटीको २९ खेलबाट ७८ अंक रहेकामा एक खेल कम खेलेको लिभरपुलको ६० अंक छ । म्यानचेस्टर सिटीलाई तीन अंक दिलाउने क्रममा बेर्नार्डो सिल्भाले निर्णायक गोल गरे । बेर्नार्डोले खेलको ४६ औं मिनेटमा डेविड सिल्भाको पासमा गोल गरेका हुन् । पराजयसँगै चेल्सी भने ५३ अंकसहित पाँचौं स्थानमा यथावत छ ।

लिग अन्र्तगत गएराति नै भएको अर्को खेलमा आर्सनलले ब्राइटनसँग २–१ को पराजय व्यहोरेको छ । ब्राइटनले आर्सनलमाथि ३६ वर्षपछि जित निकालेको हो । ब्राइटनको जितमा डंक र मुर्रेले एक एक गोल गरे । १९ मिनेटको अन्तरमा दुई गोल खाएको आर्सनलका लागि औबामेयाङले एक गोल फर्काए । छैटौं स्थानमा रहेको आर्सनलमाथिको जितसँगै ब्राइटन दशौं स्थानमा उक्लिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);