गगन थापाको नेतृत्वमा काँग्रेस रूपान्तरण भएको फरमुल्लाह मन्सुरको दाबी | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८३, बुधवार

गगन थापाको नेतृत्वमा काँग्रेस रूपान्तरण भएको फरमुल्लाह मन्सुरको दाबी

काठमाडौं ।

नेपाली काँग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले गगन थापाको नेतृत्वमा काँग्रेस रूपान्तरण भएको दाबी गर्नुभएको छ ।नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा उहाँले विशेष महाधिवेशनमार्फत काँग्रेस रूपान्तरण भएको दाबी गर्नुभएको हो । उहाँले भदौ २३–२४ पछि पार्टीभित्र र जनतामा देखिएको निराशा तथा आक्रोशलाई सम्बोधन गर्न कांग्रेस नयाँ नीति र नेतृत्वका साथ अघि बढेको बताउनु भयो । उहाँले आफूले नै केन्द्रिय कार्यसमितिमा गगन थापालाई प्रधानमन्त्री र पार्टी सभापतिको ‘फेस’ बनाएर काँग्रेसलाई जनतामाझ लैजानुपर्ने प्रश्ताव राखेको उहाँले स्मरण गर्नुभयो । मन्सुरले १५ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले सभापति गगन थापालाई काँग्रेसको भरोसायोग्य नेता र पार्टीलाई भरोसायोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गरेको दाबी गर्नुभयो । सभापति थापाले अघि सारेका एजेण्डालाई कार्यान्वयन गर्दै काँग्रेसले खोजेको रूपान्तरणलाई संस्थागत गर्न आफ्नो भूमिका महत्वपूर्ण हुने उहाँको भनाई छ ।पार्टीले अघि सारेका नीति तथा कार्यक्रम कार्यान्वयनमा आफूले योगदान गर्न आफूले १५ औँ महाधिवेशनमा उपसभापति पदका लागि समावेशी समूहबाट उम्मेदवारी दिएको बताउनु भयो ।

Leave a Reply

ताजा समाचार