इरानसँग वार्ताको कुनै सम्भावना छैनः राष्ट्रपति ट्रम्प | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८३, सोमबार

इरानसँग वार्ताको कुनै सम्भावना छैनः राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग हाल कुनैपनि किसिमको संवाद वा वार्ता भइरहेको वा तय भएको कुरालाई अस्वीकार गर्नुभएको छ । मंगलवार सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत जानकारी दिँदै राष्ट्रपति ट्रम्पले इस्लामिक गणतन्त्र इरानसँग वार्ताको कुनै तालिका नरहेको स्पष्ट पार्नुभएको हो । उहाँले हाल नौसैनिक नाकाबन्दी पूर्णरूपमा प्रभावकारी रहेको र रणनीतिक रूपमा महत्वपूर्ण मानिने हर्मुज जलडमरूमध्य खुला भई सञ्चालनमा रहेको बताउनु भयो । यसैगरी, ट्रम्पले समुन्द्री मार्गमा बिछ्याइएका सबै जलसुरुङहरू हटाइसकिएको वा निष्क्रिय पारिसकिएको समेत उल्लेख गरेका छन् ।

Leave a Reply