सरकार जनताको अभिभावक बन्न सकेनः सांसद राजेन्द्रलक्ष्मी गैरे | ईमाउण्टेन समाचार

Our Network

साउन ३१ २०८३, सोमबार

सरकार जनताको अभिभावक बन्न सकेनः सांसद राजेन्द्रलक्ष्मी गैरे

काठमाडौँ । राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट पार्टीकी सांसद राजेन्द्रलक्ष्मी गैरेले मुलुकमा आइपरेका प्राकृतिक विपत्ति, बढ्दो महँगी र सुरक्षा चुनौतीका विषयमा सरकार गम्भीर नभएको भन्दै आलोचना गर्नुभएको छ ।
सोमवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद गैरेले सरकारले आफ्नो अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको र जनजीवनका आधारभुत समस्याप्रति उदासीन रहेको आरोप लगाउनुभएको हो । सांसद गैरेले गत साउन २७ गते रोल्पाको थवाङ गाउँपालिका–५ मा पहिरोका कारण दर्जनौँ व्यक्तिको मृत्यु र कैयौँ बेपत्ता भएको हृदयविदारक घटना स्मरण गर्दै पीडितले अझै राहत नपाएको बताइन् । उहाँले नवलपरासी पश्चिमको सुस्तामा नारायणी नदीका कारण भएको डुबानतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । काठमाडौं लगायत मुलुकभर बढ्दो महँगीले जनजीवन कष्टकर बनेको तर्फ इंगित गर्दै गैरेले बजारमा ग्यास, फलफूल, तरकारी र खाद्यान्नको मूल्य अत्यधिक बढेको बताइन् ।

सांसद गैरेले पछिल्लो समय प्रविधिको प्रयोग गरी सर्वसाधारण लुटिने क्रम बढेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

Leave a Reply