प्युठानमा आगलागीमा परि एक वृद्धको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्युठानमा आगलागीमा परि एक वृद्धको मृत्यु

dead

ओमप्रकाश गुप्ता
भालुवाङ, १९ फागुन ।
प्युठानमा घरमा भएको आगलागीमा परि एक वृद्धको मृत्यु भएको छ । ऐरावती गाउँपालिका वडा नम्बर १ सल्लिकोटमा आज बिहान आगलागी हुँदा ८० वर्षीय आइतसिंह विरकट्टाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।

उनका अनुसारमा घरमा आगलागी भएपछि सामान निकाल्न जाँदा निसास्सिएर मृत्यु भएको अनुमान गरिएको छ । घरका अन्य सदस्य बाहिर निस्किएको समयमा आज विहान करिब ७ बजे विद्युत सर्ट भएर आगलागी भएको प्रहरी निरीक्षक गैरेले बताए ।

आगलागीबाट घरगोठ समेत पूर्ण रुपमा जलेको छ । परिवारमा विरकट्टाको श्रीमती, बुहारी र पाँच जना नाति नातिना रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);