कञ्चनपुर, १२ फागुन । मानव बेचबिखन नियन्त्रण गर्ने उदेश्यले मेची-महाकाली यात्रा सुरु भएको छ । “हाम्रो आवाज चेलीबेटी बेचबिखनबाट मुक्त समाज” भन्ने नाराका साथ माइती नेपालले मेची-महाकाली यात्रा सुरु गरेको हो ।
यात्रा काँकरभिट्टा र कञ्चनपुरबाट सुरु गरिएको हो । खुल्ला सिमा नाकाबाट चेलिबेटी बेचबिखन बढेको भन्दै माईती नेपालले नाकाबाट अभियान सुरु गरेको हो ।
कञ्चनपुरमा यात्राको उद्धघाटन गर्दै मुख्यमन्त्री त्रिलोचन भट्टले मानव बेचबिखनलाई शुन्यतामा झार्ने प्रतिबद्धता व्यक्त गरे । यात्रा फागुन १७ गते हेटौडा पुगेर समापन हुने माइती नेपालले जनाएको छ ।