इरानको नाकाबन्दी उल्लंघन गरेको आरोपमा अमेरिकी सेनाद्वारा पानामाको मालवाहक जहाजमाथि कारबाही | ईमाउण्टेन समाचार

Our Network

साउन २६ २०८३, बुधवार

इरानको नाकाबन्दी उल्लंघन गरेको आरोपमा अमेरिकी सेनाद्वारा पानामाको मालवाहक जहाजमाथि कारबाही

अमेरिकी केन्द्रिय कमान्ड (सेन्टकम) ले इरानका बन्दरगाहहरूमा लगाइएको नाकाबन्दी उल्लंघन गर्न खोजेको भन्दै पानामाको झण्डावाहक एक मालवाहक जहाजको स्टेयरिङ प्रणालीलाई निष्क्रिय पारिदिएको छ । सेन्टकमले मंगलवार जारी गरेको विज्ञप्ति अनुसार, ‘एम–भी भेला नोभा’ नामक उक्त मालवाहक जहाज ओमानको खाडी हुँदै इरानी बन्दरगाहतर्फ जान खोजेपछि सो कारबाही गरिएको हो । अमेरिकी नौसेनाको एमएच–६० हेलिकप्टरले जहाजको इन्जिन कक्षलाई लक्षित गरी दुईवटा मिसाइल प्रहार गरेको कमान्डले जनाएको छ । सामुन्द्रिक सुरक्षासम्बन्धी कम्पनी भ्यानगार्डले आफ्नो प्रारम्भिक प्रतिवेदनमा मिसाइल प्रहारका कारण जहाजमा आगलागी भएको र पछि उक्त आगोलाई नियन्त्रणमा लिइएको उल्लेख गरेको छ । सेन्टकमकाअनुसार अगस्ट ११ सम्मको तथ्यांक हेर्दा अमेरिकी सेनाले नाकाबन्दी तोड्न खोज्ने ५५ वटा व्यापारिक जहाजहरूको मार्ग परिवर्तन गराएको छ । त्यस्तै, आदेश पालना नगर्ने तीनवटा जहाजलाई निष्क्रिय बनाइएको र दुईवटा जहाजमा सैनिकहरू प्रवेश गरी खानतलासी गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply